बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन । बसले ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु भएको छ।  रप्ती नगरपालिका १३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुर महानगरपालिका १ दियालोरोडमा पुलचोकबाट बसपार्क तर्फ जाँदै गरेको ना ४ ख ६३३० नम्बरको बसले प्रजालाई आज विहान ७ बजे ठक्कर दिएको थियो।

गम्भीर घाइते प्रजाको भरतपुर अस्पतालमा विहान ७ः२० बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक एक नारायण कोईरालाले बताए। बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री