सामुदायिक वनमा दुई मृत चित्तल भेटियो

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ स्थित नागेश्वर सामुदायिक वन नजिकै दुईवटा चित्तल मारिएको अवस्थामा भेटिएको छ। चित्तलसँगै जाल समेत भेटिएकाले वन्यजन्तु चोरीशिकारीमा संलग्नहरुले मारेको हुनसक्ने अनुमान गरिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चित्तल मारिएपछि अनुसन्धान थालेको छ। निकुञ्जको पूर्वी सेक्टर अर्जुनीलाई यसबारे अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री