प्रभु लाइफ इन्स्योरेन्सका तीन नयाँ शाखा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले नयाँ तीन शाखा विस्तार गरेको छ ।इन्स्योरेन्सले सुर्खेत शाखा, कैलालीको टीकापुर तथा अत्तरियामा उप–शाखा खोलेर कारोबार  सुरु  गरेको छ ।तीनवटै कार्यालयको उदघाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले पुस ७ र ८ गते गरेका हुन् ।

अध्यक्ष डा. आत्मा राम घिमिरेले यस कम्पनी शाखाहरु विस्तारको क्रममा रहेको र पश्चिम नेपालका विभिन्न स्थानहरुमा भएका शाखा विस्तारबाट यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप