काठमाडाैँ । स्कुटर चोरी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने वर्षीय अमर कुँवर र कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बाबाचोक बस्ने निशान बिसुंखेलाई प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका-५ कृष्ण मन्दिर नजिक पार्किङ गरी राखेको चाबहिल बस्ने अम्मर बहादुर रोकाको बा.५९ प ४६५९ नम्बरको स्कुटर अपरिचित व्यक्तिहरुले चोरी गरी लगेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले स्कुटरसहित जम्बुडाँडामा उनीहरुलाई पक्राउ गरिएको हो ।
तपाईंको प्रतिकृया




