काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करबाट १ जनाकाे मृत्यु

काठमाडाैँ । काठमाडौंको गुर्जुधारामा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका-७ थानकोट, चेकपोस्ट घर भएका ४१ वर्षीय अर्जुनबहादुर केसीकाे माेटरसाइकललाई ट्रकले ठक्कर दिएकाे हाे ।

केसी कलंकीस्थित एलआरआई स्कुलमा छोरालाई पुर्‍याउन मोटरसाइकलमा गइरहेका थिए । साेही बेला प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको उनकाे मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री