काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संघिय संसदका सचेतक पुष्पा भुसालले दुई तिहाईको सरकार सिमाको बिषयमा मौन रहनु रहस्यमय भएको बताएकी छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले नेपाली सिमा भारतले मिचेको बिषयमा यती लामो समयसम्म पनि मौन रहनु र मन्त्रिपरिषद्बाट कुनै निर्णय गर्न नसक्नु रहस्यको बिषय भएको बताएकी हुन् ।
उनले सरकारले केवल सिंहदरवारलाई मात्र मजबुत बनाउने खेलमा लागेका कारण संघियता खतरामा परेको आरोप लगाउँदै प्रदेश सरकार र स्थानीय सरकारमा सिंहदरबारको अधिकार भन्दा भ्रष्टाचारको पहुँच पुगको बताइन् ।
उनले वर्तमान सरकारले नेपाल ट्रष्टको नाममा रहेको जग्गा कौडिको मूल्यमा उपलब्ध गराएर आफ्नो भ्रष्ट छबी देखाउँदै भ्रष्टाचारमा डुबेको बिषय प्रष्टाएको बताइन् ।
उनले कम्युनिष्ट सरकार कानुन भन्दा माथि जान खोजेको र भ्रष्टाचार, हिंसा र हत्यालाई प्रसय दिएको आरोप लगाइन् । वर्तमान सरकारले अनुसन्धान बिभागको बिशेष सेवा गठन ऐन संसोधन गर्न संसदमा प्रबेश गराएको र अनुसन्धान बिभागलाई ब्यक्तिको घर खोजतलासका साथै फोन ट्यापिङ गर्ने अधिकार दिएर ब्यक्तिको स्वतन्त्रता र मौलिक हक अधिकारको उल्लंघन गर्न खोजेको उनले आरोप लगाइन् ।
नेपाली कांग्रेसले अब गुट उपगुटको राजनीतिलाई चिर्दै सभापतिले बिचारको राजनीतिलाई अग्रसरता दिने उनको भनाइ छ ।
नेपालको बिदेश नीति सत्तामा बस्न र नीजि स्वार्थका लागि मात्र प्रयोग भएको भन्दै बिदेश नीतिमा पक्ष प्रतिपक्ष भन्दा पनि सबै एक भएर अघि बढ्नु पर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले हरेक जिल्लामा आफ्नो पार्टीको बारे सभापतिहरु जानकार रहने भएकाले यस तर्फ केन्द्रले ध्यान दिन सके पार्टीले आफ्नो शाखलाई जोगाउन सक्ने बताए । उनले उप निर्वाचनमा काँग्रेसले हासिल गरेको उपलब्धिलाई हेरेर वर्तमान सरकार अत्तालिएको बताए ।
तपाईंको प्रतिकृया




