नेपाल बङ्गलादेश बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाै । नेपाल बङ्गलादेश बैंक लिमिटेडको पच्चिसौं बार्षिक साधारणसभा अाज सम्पन्न भएको छ । उक्त साधारणसभाले गत आर्थिक वर्ष २०७५/७६ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्य संग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।

समिक्षा अवधिमा बैंकको कुल निक्षेप २४.५५ प्रतिशतले बृद्धि भई रु.५९.७६ अर्ब पुगेको छ भने कुल कर्जा २९.१६ प्रतिशतले बृद्धि भई रु. ५५.७२ अर्ब पुगेको छ । बैंकको वासलातको आकार २४.२४ प्रतिशतले बृद्धि भई रु. ७६.२५ अर्ब पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप