जनकपुरमा भेटिएको शंकास्पद बम नक्कली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–४ शुक्रबारे बजारको सडकमा आज बिहान भेटिएको बम नक्कली रहेको खुलेको छ।  अज्ञात समूहले आइतबार राती १२ बजेतिर शुक्रबारी बजारनजिकै शंकास्पद वस्तु राखेको थियो।

गत मंसिर २७ गते शक्तिशाली बम बिष्फोट हुँदा तीन जनाको ज्यान गएका कारण यो पटक सो शंकास्पद वस्तु हटाउन महेन्द्रनगरस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको थियो।  सेनाको बम डिस्पोजल टोलीले बमजस्तो देखिने सो वस्तु तर्साउनका लागि राखिएको र कुनै विस्फोटक नभएको जानकारी दिएको छ।

सेनाको टोलीले सो शंकास्पद वस्तु खोलेर हेर्दा त्यसभित्र हाडका केही टुक्रा र मसिना तारहरु फेला पारेको छ। मानिसलाई तर्साउन बमजस्तै देखिने सो वस्तुमा डमीको टाउको समेत राखिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री