काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल)मा शनिबार मात्र एक खेल हुनेछ । लिग चरणको खेलमा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाईटन्ससंग खेल्न लागेको हो । पोखरा रंगशालामा हुने खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।
प्रदीप ऐरी नेतृत्वको विराटनगरविरुद्व मैदान उत्रदै गर्दा ज्ञानेन्द्र मल्लको काठमाडौं दबामा हुनेछ । सुरुवाती तीन खेलमा मात्र एक जित निकालेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशका लागि जित निकाल्नै पर्ने दबाब छ ।
पहिलो खेलमा पोखरा पल्टनसंग हारेको काठमाडौं दोस्रो खेलमा बुटवल ब्लास्टर्ससंग पराजित बनेको थियो । तेस्रो खेलमा धनगढी एक्सपर्टलाई हराएर राहत महशुश गरेको काठमाडौंलाई अघिल्लो चरण प्रवेशको सम्भावना जिवित बनाउन जित निकाल्नै पर्ने दबाब छ ।
अझ पछिल्लो खेलमा कीर्तिमानी शतक प्रहार गरेका कप्तान ज्ञानेन्द्रको प्रर्दशन महत्वपुर्ण हुनेछ । काठमाडौं ३ खेलबाट २ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।




