पश्चिम तराईमा शीतलहर, सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाकाे आग्रह

काठमाडाैँ । मुलुकभर पश्चिमी वायुको प्रभाव बढेसँगै चिसो बढेको छ। पश्चिम तराईका केही जिल्लामा शीतलहरका कारण तापक्रममा भारी गिरावट आएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने पश्चिम तराईका एक-दुई स्थानमा शीतलहर देखिएको छ। आज पनि यो क्रम जारी रहने भएकाले चिसोबाट बच्च सावधान अपनाउने महाशाखाले आग्रह गरेको हो।

महाशाखाकाअनुसार आज दिउँसो देशको पश्चिमी भू-भागलगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदली हुने र तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।शुक्रबार पनि देशको पश्चिमी र मध्य भागलगायत पूर्वी पहाडी भेगमा आंशिक देखि सामान्य बदली हुने र बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप