काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्ण दुलाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । आइतबार उम्मेदवारी दर्ता गर्ने समय सीमाभित्र अर्को व्यक्तिको उम्मेदवारी नपरेपछि दुलाल निर्विरोध भएका हुन ।नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमिति रहने व्यवस्था छ ।
कार्यसमितिका सदस्यहरुमा करणकुमार चौधरी, आकाश गोल्छा, सुनिल रिजाल, अनुप कुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंहानिया, राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, अभीक ज्योति, मिलनबाबु मल्ल, दीपककुमार अग्रवाल, सुरज भट्टराई, पंकज अग्रवाल र निलमणि पाठक रहेका छन् ।
तपाईंको प्रतिकृया




