एसईईको परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको परीक्षा तालिका सार्वजनिक गरेको छ । २०७६ को एसईई आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएकाे छ ।  पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक  चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।

परीक्षा तालिका

बारेमा news

यॊ पनि हेर्नुहॊस

गगनलाई रविको चुनौती- मैले ऋण लिएको प्रमाणित भए राजनीति छोडिदिन्छु

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण …

प्रतिकृया दिनुहॊस