म्यानचेस्टर सिटीले आर्सनललाई हरायो, म्यान्चेस्टर युनाइटेड र एभर्टनले बराबरी खेले

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति म्यानचेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ । जितसँगै सिटीले तालिकाको चौथो स्थानको चेल्सीसँग ६ अंकको अग्रता लिंदा दोस्रो स्थानको लेस्टर सिटीसँगको दुरी चार अंकमा झारेको छ ।

आर्सनलको मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन केभिड डे ब्रायनले दुई तथा राहिम स्टर्लिङले एक गोल गरे । प्रिमियर लिगमा आर्सनलको यो पछिल्लो पाँच खेलमा दोस्रो हार हो । जितसँगै सिटीले १७ खेलमा ३५ अंक बनाएको छ । आर्सनलको २२ अंक छ ।

गएराति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा मासन ग्रीनवुडले खेलको ७७ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका हुन् ।

यसअघि खेलको ३६ औं मिनेटमा भिक्टर लिन्डेलोफको आत्मघाती गोलपछि एभर्टनले अग्रता लिएको थियो । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले वुल्भरह्यानम्पटन वान्डरर्सलाई २–१ ले हराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस