काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. जीतपुर शाखाले बीमा दावी वापत रु १ करोड ५० हजार भुक्तानी गरेको छ । कम्पनीद्वारा कपिलवस्तु ४ वाणगंगामा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी सवारी दुर्घटनामा ज्यान गुमाएका बीमित स्व.सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई रु १ करोड ५० हजारको चेक हस्तान्तरण गरेको हो ।
बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई, सिटिजन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरीले संयुक्त रुपमा पौडेलकी श्रीमती देवका खनाल पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी चिरन्जीवी चापागाईले जीवन बीमाको आवश्यक्ता तथा महत्वको बारेमा प्रकाश पार्दै बीमितको जीवन नरहे पनि जीवन बीमाको सिद्धान्त तथा मर्म अनुरुप बीमालेखमा उल्लेखित शर्त तथा सुविधा बमोजिम कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको र सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरिय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य सामाजिक कार्य गर्न सहयोगी हुने बताए ।



