पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं. १२ शिवनगर नयाँ टोलमा एक घरमा सोमबार साँझ बन्द कोठाभित्र आमा, छोरीको शव फेला परेको छ ।
मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नं. २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरीको शव कुहिएको अवस्थामा भेटिएको हो ।
घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए । प्रहरीले ढोका फोड्दा कुहिएको अवस्थामा शव भेटिएको थियो । घटनास्थलको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




