महिला म्याराथनतर्फ नेपाललाई रजत

काठमाडौं । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथर्न महिलातर्फ नेपालले रजत जितेको छ । नेपालकी पुष्पा भण्डारी श्रीलंकाकी खेलाडीसँग पछि परेपछि नेपालले रजतमा चित्त बुझाएको हो ।

रजत जितेकी पुष्पाले निर्धारित दूरी २ घण्टा ५० मिनेट ११ सकेण्डमा पार गरिन् । स्वर्ण जितेकी श्रीलंकाकी हिरुनी केसाले २ घण्टा ४१ मिनेट २४ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन् । भारतकी  ज्योतीले २ घण्टा ५२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गर्दै कास्य जितिन् ।

पुरुषतर्फ भने नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक जितेका छन् । उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री