सानिमा बैंकको १५औं वार्षिकोत्सवमा विशेष छुट

काठमाडाैँ । सानिमा बैंक लिमिटेडले आफनो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘अफर सानिमा बैंकको, रोजाई तपाईको’ नामक योजना ल्याएको छ। यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट हुनेछ।

जस्तैः डेविट कार्ड, क्रेडिट कार्ड, ट्राभल कार्ड, प्रायोरिटी पास, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरिएको बैंकले बतायो। साथै विभिन्न रेष्टुरेन्ट तथा विद्युतिय सामान र मोबाइल फोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरिएको छ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई लक्षित गरी ल्याएको योजना आउँदो शुक्रबारदेखि आइतबारसम्म तीन दिनको लागि लागू हुनेछ। सानिमा बैंकको हाल ७९ शाखा, १ एक्टेन्सन काउन्टर र ७५ एटिएम रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस