जडान भएको तीन महिनामै हराउन र बिग्रन थाले सडक संकेत

इलाम । आधुनिक सडक संकेत जडान भएको तीन महिना नपुग्दै हराउन र बिग्रन थालेका छन् । सडक दुर्घटना न्युनिकरणका लागि मेची लोममार्गमा जडान भएका विभिन्न आधुनिक सडक संकेत जडान भएको तीन महिना नपुग्दै हराउन र विग्रन थालेका हुन् ।

सडक डिभिजन कार्यालय इलामले सडक सुरक्षा कार्यक्रम अन्तर्गत राजमार्गको हुस्सु कुहिरो लाग्ने तीस किलो मिटर क्षेत्रमा सडक चिन्ह लगाएको थियो । सडक डिभिजन इलामका डिभिजन प्रमुख कृष्णनाथ ओझाले एक करोड बजेटबाट छ सय ५० वटा सोलार स्टड र तीन हजार वटा सोलारबाट स्वचालित मेटल डेलिनेटर पोष्ट जडान गरिएको जानकारी दिए ।

जडान गरिएका केही सोलार बत्ती बल्दै बलेनन् । स्वचालित सोलार बत्ती र क्याट आई बिग्रिएर छरिएका छन् । जडानका क्रममा कम मात्रामा सिमेन्ट मसलाको प्रयोग भएको पाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री