राष्ट्रियसभा निर्वाचनको नमूना मतपत्र सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चार प्रकारका अाठवटा मतपत्र आयोगले सार्वजनिक गरेको हो ।

स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि रातो रंगको मतपत्र छ । यसैगरी प्रदेशसभा सांसदका लागि हरियो रंगको मतपत्र छापिएको छ ।

 

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षले अलग-अलग मतपत्रबाट दलित, महिला, अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र अन्य सदस्य चुन्नेछन् ।

निर्वाचनबाट तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र तीन जना अन्य गरी हरेक प्रदेशबाट ८-८ जना निर्वाचित हुनेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

राष्ट्रियसभा निर्वाचन यही माघ २४ गते हुने छ । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको निर्वाचन घनगढीमा हुनेछ ।

प्रदेश १ मा ३६७, प्रदेश २ मा ३७९, प्रदेश ३ मा ३४८, प्रदेश ४ मा २३०, प्रदेश ५ मा ३०५, प्रदेश ६ मा १९८ र प्रदेश ७ मा २२९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

अनलाइनखबरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस