काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले दुई महिनाको अवधिमा ३१ हजार २ सय १ कामदारको माग प्रमाणिकरण गरेको छ।
अक्टोबर र नोभेम्बरमा दुई महिनाको अवधिमा ३१ हजार २ सर १ श्रमिक माग भएको दूतावासले जनाएको हो। मलेसियाले सबैभन्दा ठूलो संख्यामा औद्योगिक क्षेत्रका लागि १७ हजार १ सय १६ कामदार माग गरेको छ।
सुरक्षा गार्डसहित १० हजार १ सय ८३, कृषि क्षेत्रका लागि १ हजार ४ सय ७५, प्लान्टेसनमा १ हजार ३ सय ९७ र निर्माण क्षेत्रमा माग भएका एक हजार ३० श्रमिकको मागपत्र प्रमाणिकरण गरिएको दूतावासले जनाएको छ। मागपत्र प्रमाणिकरणलाई सरल तथा पारदर्शी बनाइएको विज्ञप्तिमा उल्लेख छ।
तपाईंको प्रतिकृया




