काठमाडाैं । मर्जकाे अन्तिम तयारीमा रहेका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द गर्ने भएका छन् । ग्लाेबल आइएमईमा जनता गाभिएर मंसिर २० गतेदेखि एकिकृत काराेबार गर्दैछन् । एकीकृत कारोबार थाल्नु पूर्व दुवै बैंकको सिस्टम डेटा माइग्रेट गर्नुपर्ने भएकाले सेवा बन्द रहने बताएको छ ।
दुबै बैंकले मंसिर १८ गते बुधबार बैंकका शाखाहरुबाट प्रदान हुँदै आएको अतिरिक्तर सन्ध्याकालिन काउन्टर सेवा बन्द हुने भएकाे छ । मंसिर १८ गते साँझ ६ बजेदेखि मंसिर १९ गते राति १२ बजेसम्म बैंकका एटिएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैकिङ सेवा समेत बन्द रहने जनाएको छ । दुई बैंकले एकीकृत कारोबार थाल्ने दिन मंसिर २० गते शुक्रबारदेखि भने सम्पूर्ण सेवाहरु संचालनमा आउने बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक र जनता बैंकको गाभिएपछि बन्ने ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १९ अर्ब पुग्नेछ । मर्जरपछि ग्लोबल आइएमइ बैंकको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब हुनेछ ।




