रोकिराखेको ट्रकमा बस ठोक्किदा १४ यात्रु घाइते

चितवन ।  नारायणगढ मुग्लिन सडकखण्डक अन्तर्गत गाइघाटमा रोकिराखेको ट्रकमा बस ठोक्किदा १४ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरीले कार्यालय, चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट सुर्खेततर्फ गइरहेको ना ४ ख ९८१९ नम्बरको बस, बिग्रिएर रोकिराखेको ना ५ ख ९१९७ नम्बरको ट्रकमा राति १२ः३० मा ठोक्किदा दुर्घटना भएको थियो  ।

बसमा ३६ जना यात्रु रहेको र ती मध्ये १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य एक जना गम्भिर रहेका छन् । घाइते सबैलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्रक चालक नियन्त्रणमा रहे पनि बसचालक फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री