एनएमबि बैंकका ग्राहकलाई अस्पतालमा विशेष छुट

काठमाडौं ।  एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुबिधा दिने उद्देश्यले नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ ।

उक्त सम्झौता अन्तर्गत एनएमबि बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सहित अस्पतालको बिभिन्न सेवा तथा सुबिधाहरुमा १०% सम्मको छुट पाउने भएका छन् ।

ग्राहकहरुले बैंकको एनएमबि भिसा डेभिट तथा एनएमबि क्रेडिट कार्डको प्रयोग गरि अस्पतालको अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुको उपचार लगायत बिभिन्न सेवा तथा सुबिधाहरुमा यो बिशेष छुट सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको बैंकले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री