सिटिजन्स बैंकको नाफा ६२ करोड ८६ लाख

काठमाडौं । सिटिजन्स बैंकले ६२ करोड ८६ लाख नाफा कमाएको छ । बैंकले चालु आर्थिक बर्षको ६ महिनामा सो नाफा कमाउन सफल भएको हो ।

गत आवको पुस मसान्तसम्ममा बैंकले ६३ करोड १६ लाख नाफा कमाएको थियो । बैंकले चालु आवको ६ महिनामा ५८ अर्ब २१ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ३० करोड कर्जा लगानी गरेको देखिन्छ ।

बैंकले ३ अर्ब २४ करोड ब्याज आम्दानी गरेर २ अर्ब २६ करोड ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा १.३२ प्रतिशतबाट बढेर १.९४ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी १५ रुपैंयाँ ६६ पैसा छ भने प्रति सेयर नेटवर्थ १२४ रुपैंयाँ ८७ पैसा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस