काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् । ओलीले आफ्नो मन्त्रिपरिषद्मा रहेका ६ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाएका हुन् ।
मन्त्री पद गुमाउनेमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’, उद्योग मन्त्री मातृका यादव, श्रम मन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठ, महिला बालबालिका मन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषि राज्यमन्त्री राजकुमारी चौधरी र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव रहेका छन् । यादव समाजवादी फोरमबाट राज्यमन्त्री बनेका थिए ।
ओलीले बुधबार अबेर मन्त्रिपरिषद् केही मन्त्री नयाँ मन्त्री थपेका छन् भने केही मन्त्रीको मन्त्रालय हेरफेर गरेका छन्। सत्ता साझेदार समाजवादी फोरमका कार्यकारी अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थयबाट हटाइएको छ । उनलाई कानुन मन्त्री बनाइएको छ भने कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्री बनाइएको छ ।
कोको भए नयाँ मन्त्री ?
प्रधानमन्त्री ओलीले बुधबार नै नेकपा सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई मन्त्री नियुक्त गरेका छन् ।
नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङमहिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बने । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।
हेर्नुहोस् मन्त्रीको सुची





