वीपी राजमार्ग मर्मत : साँझ र बिहान २ घण्टा सवारीसाधन रोकिने

सन्धुली । वीपी राजमार्गको विभिन्न सडक खण्डको मर्मत कार्य सुरु गरिएको छ । गएको वर्षामा क्षतिग्रस्त भएको वीपी राजमार्गको विभिन्न सडक खण्डको मर्मत सम्भार थालिएको हो ।

वीपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोट सडक खण्डको वारा, ढुङग्रेभन्ज्याङ लगायतका स्थानमा जापानिज सहयोग नियोग जाईकाको सहयोगमा क्षतिग्रस्त सडकको मर्मतको कार्य सञ्चालन गरिएको छ ।

वीपी राजमार्गमा सडक मर्मतको कार्य संचालन गरिएपछि विहान र बेलुकीको समयमा सार्वजनिक तथा निजी सवारी साधनहरुलाई दैनिक २ घण्टा सञ्चालनमा रोक लगाइएको छ ।

वीपी राजमार्गको सम्पूर्ण मर्मत सम्भारको कार्य आगामी वर्षा सुरु हुनुअगावै सम्पन्न गर्नेगरी तीव्र रुपमा कार्य सञ्चालन भइरहेको सूर्यविनिायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयले जनाएको  छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस