ठगीको आरोपमा तीन पक्राउ

काठमाडौं । सिर्जनशील समाज नेपाल नामक संस्थाले ‘लक्ष्य मुस्कान’ कार्यक्रममार्फत झापा, मोरङ र सुनसरीका महिलालाई संगठितरूपमा प्रशिक्षण प्रदान गरी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

झापाका ३२ महिलालाई बिर्तामोडमा प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रमस्थलबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरीले मोरङ घर बताउने राजु कर्माकार, शीतल पोखरेल र कानुनी सल्लाहकार बुद्धकुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तेस्रो तालिम लिइरहेको समयमा शंका लागेर सोधपुछ गर्दा जवाफ नपाएपछि प्रहरीलाई खबर गरेका थिए। सो संस्थाले महिलालाई अभिकर्ताका रूपमा नियुक्ति दिएर विभिन्न चरणमा सहजीकरण गर्दै आएको पीडितको भनाई रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप