कविता नेपालीको ‘आर्गनिक माया’ (भिडियो)

काठमाडौं । इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ र वुगी वुगीकी विजेता कविता नेपालीको अभिनय रहेको नयाँ भिडियो ‘आर्गनिक माया’ सार्वजनिक भएको छ।

डी पी खनालको शब्द ,धनु ज्ञाङ्मी मगरको संगीत र  वैदेशिक रोजगारका लागि दक्षिण कोरीयामा रहेका गायक भिम थापा मगरको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

रोमान्टिक डान्समा बनेको भिडियो  सुजन मार्पा तामाङकै कोरियोग्राफी छ। प्रकाश खतिवडाको  छायाँकन रहेको भिडियोमा एकान्त मगरको सम्पादन एबम  निर्देशन रहेको छ।

https://www.youtube.com/watch?v=xXu_jMtZJh0&feature=emb_title

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री