काठमाडौं । एभरेष्ट बैंकले स्वर्गद्वारीघाट, भैरहवामा ऊर्जा प्रभावशाली तथा वातावरण मैत्री शवदाहगृह प्रणाली स्थापना गरेको छ ।
मेशीनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ जसले नष्ट हुने तातोलाई सदुपयोग गर्नुका साथै दाहसंस्कारको समयअवधि पनि कम गर्दछ । यसले २५० केजी भन्दा बढी प्रति दाहसंस्कारका लागि प्रयोग हुने काठ जोगाउँछ र वन विनाशलाई नियन्त्रण गर्दछ ।
यो मेशीन मुख्यमन्त्री शंकर पोखरेल, सिद्धार्थनगर नगरपालिका का उपमेयर तथा सम्पुर्ण वडा अध्यक्षहरुको उस्थितिमा उपमेयर उमा काफ्लेलाई हस्तान्तरण गरिएको छ ।
प्रतिकृया दिनुहॊस