प्रभु बैंकले जारी गरेको डिवेञ्चर समय अगावै विक्री, छिटै बाँडफाँड हुने

काठमाडौं । प्रभु बैंकले एक हजार अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको एक अर्ब बराबरको “१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र कार्तिक २१ देखि सार्वजनिक निष्काशन भएकोमा आज कार्तिक २९ गते बाँडफाँड गरेको छ ।

न्यनुतम २५ कित्ता र अधिकतम् चार लाख कित्तासम्मको लागि आवेदन गर्न पाउने प्रभु बैंकको ऋणपत्रलाई आईसीआरए नेपालले न्यून कर्जा जोखिम ‘आईसीआरए नेपाल एलबीबीबी’ रेटिङ प्रदान गरेको थियो ।
प्रभु बैंकले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कानको माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिहरुलाई विक्रीका लागि छिटोमा कार्तिक २५ र ढिलोमा मंसिर २० मा बन्द हुने गरी कार्तिक २१ देखि सार्वजनिक निष्काशन गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकका ग्राहकलाई ‘जंगल भिला रिसोर्ट’मा छुट

काठमाडाैं । ज्योति विकास बैंकले कसरा, चितवनस्थित ‘जंगल भिला रिसोर्ट’मा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्मको विशेष …

प्रतिकृया दिनुहॊस