काठमाडौँ । प्रभु बैंकले मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा काउण्टर सञ्चालन गरेको छ । बैंकले उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन काउण्टर सञ्चालन गरेको हो ।
प्रभु बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकको काउण्टर सञ्चालन गरी सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने जनाएको छ ।
प्रतिकृया दिनुहॊस