काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन ।
पार्टीको केन्द्रीय संरचना सक्रिय नहुँदा सदस्य भएकाहरू पनि आफूले जिम्मेवारी नपाउँदा पार्टी चलायमान बन्न नसकेको गुनासो गर्छन् । पार्टी एकतापछि पार्टीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पार्टीका केन्द्रीय सदस्यहरूको शपथको समयमा निर्वाचन आयोगमा दल दर्ताका लागि हस्ताक्षर गर्नका लागि बैठक बसे पनि दोस्रो बैठक बस्न सकेको छैन ।
नेकपाको अन्तरिम विधानमा तीन/तीन महिनामा स्थायी समितिको बैठक बस्नुपर्ने प्रावधान छ । गत वर्ष पुसपछि स्थायी समिति बैठक बसेको छैन । स्थायी समिति नबसेकै कारण गत ३१ साउनमा नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउन गरेको निर्णय अझै अनुमोदन भएको छैन । स्थायी समिति नबस्दा यस्ता थुप्रै काम अड्किएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सविन शर्माले लेखेका छन् ।
तपाईंको प्रतिकृया



