बुलबुल आँधी हट्यो, दुई दिन मौसम सामान्य रहने

काठमाडाैं । भारत र बंगलादेशमा आतंक मच्चाएको शक्तिशाली आँधी बुलबुलको प्रभाव हटेसँगै नेपालमा मौसम सामान्य भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार अहिले भारत र बंगलादेशमा पनि उक्त आँधी अन्त्य भइसकेको छ । उक्त आँधीका कारण भारत र बंगलादेशमा गरी ४ जनाको ज्यान गएको छ भने २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

‘तर अहिले यो आँधी सकिएको छ,’ मौसमविद् श्रेष्ठले भने, ‘हिजो अस्ति उक्त आँधीको आंशिक प्रभाव नेपालमा पनि परेको थियो ।’ अब भारत र बंगलादेशमा पनि उक्त आँधीको कुनै प्रभाव नरहेको उनको भनाइ छ ।

उक्त आँधीका कारण प्रवेश गरेको बादलले यसअघि दुई/तीन दिन नेपालमा मौसम बदली, केही ठाउँमा वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराएको थियो । उक्त आँधी सकिएसँगै नेपालमा पनि मौसम सामान्य भएको मौसमविद्ले बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप