काठमाडौँ । सरकारले सुरुङ मार्ग निर्माणको प्रारम्भिक अध्ययन गर्न ५९ करोड बजेट विनियोजन गरेको ५ महिना बिते पनि काम भने हुन सकेको छैन । मुलुकका आधा दर्जनभन्दा बढी सडक खण्डमा सुरुङ मार्ग निर्माण अध्ययनका लागि सरकारले ५९ करोड बजेट विनियोजन गरेको हो ।
यस वर्षको बजेटमा सिद्धार्थ राजमार्गको सिद्धबाबा, टोखा–छहरे–गुर्जे भन्ज्याङ, खुर्कोट–चियाबारी, बीपीनगर–खुटिया–दिपायल खण्ड, थानकोट–चित्लाङ खण्ड र लामा बगर–उत्तरी सीमा सडकमा सुरुङ निर्माणको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण अगाडि बढाउने उल्लेख गिरएकाे छ । यसबाहेक केही थप स्थानको सुरुङमार्ग निर्माणको प्रारम्भिक अध्ययन गर्ने भनी ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
उक्त बजेटले प्रारम्भिक अध्ययन गर्ने भनिए पनि यससम्बन्धी कामहरू भने हुन सकेको छैन । नयाँ प्रविधीमा जाँदा ढिलो हुनु स्वाभाविक भएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले बताए । उनका अनुसार अहिले सबैतिरको प्रारम्भिक अध्ययन गर्ने तयारी भइरहेको छ । तर कुनैपनि सुरुङमार्गको बजेट अहिलेसम्म खर्च नभएको विभागले जनाएको छ ।




