काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले कास्की-२ मा स्थानीय नेतालाई नै उम्मेदवार बनाउने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैंठकले कास्की–२ मा कास्कीका स्थानीय नेता खेमराज पौडेलपौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कास्की–२ मा केन्द्रीय सदस्य तथा स्याङजाका नेता धनराज गुरुङको नाम चर्चामा रहे पनि स्थानीय उम्मेद्वारलाई प्राथमिकतामा राखेर उम्मेदवारको नामावली टुंग्याईएको हो । उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन भोलि हुदैछ ।
तपाईंको प्रतिकृया




