माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा गजुरीमा

काठमाडौं । माछापुच्छ्रे  बैंकले गजुरी गाँउपालिका  २, मलेखुमा आफ्नो शाखा रहित बैंकिङ सेवा   सुरु गरेको छ ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा सो स्थानमा शाखा रहित बैंकिङ सेवा सुचारु गरेको जानकारी दिएको छ । यो सहित बैंकको हालसम्म १२शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित सो शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after