काठमाडाैं – ग्लोबल आईएमई बैंकले तीन महिनामै ७३ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिभन्दा ३७.४० प्रतिशतले बढी हो ।
गत वर्ष बैंकले तीन महिनामा ५३ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो । असोज मसान्तसम्ममा यस्तो आम्दानी एक अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको हो । कर्जा लगानीमा आक्रमक हुँदा व्याज आम्दानी ह्वात्तै बढेको छ ।
निक्षेप संकलन एक खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । यो तीन महिनाको अवधिमा ६.६५ प्रतिशतले बढेको हो। कर्जा विस्तार भने ८.७३ प्रतिशतले बढेको छ । यसको प्रभाव नाफामा देखिएको हो ।
बैंकले एक खर्ब १८ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको चुक्ता पूँजी १० अर्ब चार करोड रुपैयाँ छ भने जगेडा कोषमा चार अर्ब एक करोड रुपैयाँ जम्मा गरेको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँबाट २८ रुपैयाँ पुगेको छ ।
तपाईंको प्रतिकृया



