काठमाडौं । नेपालीको बहुपक्षीय विकास साझेदार विश्व बैंकले नेपाली शिक्षा र स्वास्थ्य क्षेत्रमा लगनाी बढाउने प्रतिवद्धता जनाएको छ। मंगलबारदेखि नेपाल भ्रमणमा आएका बैंकका कार्यकारी निर्देशकहरूले अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रतिवद्धता जनाएको विश्व बै्कले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
नेपाल भ्रमणमा रहेका निर्देशकहरूले संघीयतालाई सहयोग गर्ने तथा आर्थिक सहायता बढाउने जनाएका छन्। विश्व बैंकले नेपालमा सहयोग गरेको ५० वर्ष पुगेको अवसरमा नेपाल आएको ११ सदस्यको टोलीले यस्तो प्रतिवद्धता जनाएको हो। नेपालमा विश्व बैंकले सन् १९६९ देखि सहकार्य सुरु गरेको थियो।
५० वर्षको अविधमा विश्व बैंकले विभिन्न क्षेत्रमा गरेर २५ आयोजनामा काम गरिरहेको छ। हालसम्म विश् बैंकले २.४७ विलियन अमेरिकी डलर सहयोग गरेको जनाएको छ। नेपालको शिक्षा स्वास्थ्य, पूर्वधार र ऊर्जा क्षेमा विश्व बैंकको सहयोग गरेको छ।




