काठमाडौं । महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान समाभुख कृष्णबहादुर महराले आफूलाई आरोप लगाउने महिलाको घर नगएको बयान दिएका छन् ।शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा महराले आफू महिलाको घरको बाटो गएको तर घरमा नपसेको बयान दिएका हुन् ।
महराको बयान जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भइरहेको छ ।
तपाईंको प्रतिकृया



