काठमाडौं । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको काठमाडौंकाे घरमा दिउँसै चोरी भएको छ । काठमाडौं महानगरपालि देवीनगरस्थित उनकाे डेरामा बुधबार दिउँसो चोरी भएको हो ।
गाैतम बस्दै आएको घर सूचना आयोगको कार्यालयको अगाडि छ । आफू सिंहदरबार गएको तथा पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको उनले बताए । गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी भएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गौतम नेकपाका केन्द्रीय सदस्य एवम् प्रेस संगठनको इञ्चार्ज हुन् ।
तपाईंको प्रतिकृया




