काठमाडौं । यमपञ्चक वा तिहारको चौथो दिन आज गाई, गोरु तथा कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईको पूजा गरेर आजका दिन मीठा-मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहिअाएकाे छ । आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिने हाे भने मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहिअाएकाे छ ।
गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पाेषिलाे हुने भएकाले गाईलाई गौमाता भनेर सम्मान गरिन्छ । त्यस्तै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा-मीठा खानेकुरा खान दिने चलन रहेकाे छ ।
तपाईंको प्रतिकृया



