दीपावली गर्ने क्रममा आगलागी हुँदा बालकको मृत्यु

विराटनगर– दीपावली गर्ने क्रममा आइतबार राति भएको आगलागीमा परेर मोरङमा एक बालकको मृत्यु भएकाे छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–५ स्थित युवराज गिरीका ४ वर्षीय छोरा युसन गिरीको आगलागीमा परेर ज्यान गएको हो ।‍

दीपावली गर्ने क्रममा उनी घर भित्र सुतिरहेका  थिए । साेही अागाेमा जलेर ४ वर्षीय युसनको ज्यान गएको प्रहरीले जनाएको छ । साे आगलागीबाट ६० हजार नगद, सुन–चाँदीका गरगहना, लत्ता–कपडा समेत जलेर नस्ट भएको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री