विराटनगर– दीपावली गर्ने क्रममा आइतबार राति भएको आगलागीमा परेर मोरङमा एक बालकको मृत्यु भएकाे छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–५ स्थित युवराज गिरीका ४ वर्षीय छोरा युसन गिरीको आगलागीमा परेर ज्यान गएको हो ।
दीपावली गर्ने क्रममा उनी घर भित्र सुतिरहेका थिए । साेही अागाेमा जलेर ४ वर्षीय युसनको ज्यान गएको प्रहरीले जनाएको छ । साे आगलागीबाट ६० हजार नगद, सुन–चाँदीका गरगहना, लत्ता–कपडा समेत जलेर नस्ट भएको छ ।
तपाईंको प्रतिकृया




