वीरगञ्ज महानगरपालिकाका अग्नि नियन्त्रक बुनिलाल चौरसियाको हत्या भएको पुष्टि भएको छ । चौरसियाको शव ८ कात्तिकमा नगवा पोखरीको डिलमा तन्नामा बेरिएको अवस्थामा भेटिएको थियो ।
नारायणी अस्पतालमा पोष्टमार्टम गर्दा उनको शरीरभित्र चिकित्सकहरुले गोली भेटेका छन् । योसँगै उनको गोली हानेरै हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान गरेकाे वताएकाे छ ।
साे हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले दुइजनालाइ चौरसियाको शव भेटिएकै दिन नियन्त्रणमा लिएको थियो । प्रहरीले वीरगञ्ज ६ माइस्थानका दीपक किशोर अग्रवाल ‘दीपु मारवाडी’ र उनकी श्रीमती निधी अग्रवाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।
तपाईंको प्रतिकृया




