काठमाडाै । नेपाल टेलिकमले बहुप्रतिक्षित कम्बो प्याकेज ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको वताएकाे छ । यसअन्तर्गत टेलिफोन लाइनबाटै इन्टरनेट तथा टेलिभिजन सेवा प्रदान गर्न लागेको वताएकाे छ । टेलिकमले आफ्नो ल्याण्डलाइन टेलिफोन मार्फत यस्तो सेवा प्रदान गर्नको लागि ठेकेदार छनोट गरिसकेको छ ।
टेलिकमले अहिले पनि ल्याण्डलाइन टेलिफोन र इन्टरनेट एउटै तारको माध्यमबाट प्रदान गर्दै आएको छ । सामान्य खालको तार विछ्याएकोठाउँमा पनि टेलिकमले फाइबर (एफटीटीएच– फाइबर–टु– दी– होम) मा स्तरउन्नति गरिरहेको छ ।
गएकाे साउनसम्मको तथ्यांक हेर्ने हाे भने टेलिकमको मोबाइलतर्फका २ करोड ४ लाख ८० हजार उभोक्ता छन् । यस्तै फोरजी प्रयोगकर्ता ग्राहकको संख्या ८ लाख १८ हजार र ल्याण्डलाइन टेलिफोन प्रयोगकर्ता ६ लाख ७७ हजार छन् ।
तपाईंको प्रतिकृया




