विप्लव समूहको केन्द्रीय सदस्यकाे जिम्मेवारीमुक्त भएका गुणराज लोहनी पक्राउ 

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता गुणराज लोहनी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले उनलाई पक्राउ गरेको वताएकाे छ ।

लाेहनीलाइ पक्राउ गर्न प्रहरी टोली मंगलबार बिहान भरपुरस्थित घरमा पुगेको थियो । उनलाई पक्राउ गरेर जिप्रकामा ल्याइएको प्रहरीले वताएकाे छ ।
भर्खरै सम्पन्न विप्लव समूहको बैठकले उनलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो । हटाउनुको कारण भने विप्लव समूहले केही खुलाएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री