आरबीबी मोबाइल बैंकिङ महामेलाको मेगा विनर बने भक्तपुरका सुवाल

काठमाडौं । आरबीबी मोबाइल बैङ्किङ महामेलाको मेगा विनर कैलाश सुवाल भएका छन् । राष्ट्रिय वाणिज्य बैंकले दशैं, तिहार तथा छठ जस्ता ठूला चाडवाडलाई लक्षित गर्दै देशैभरी मोवाइल बैंकिङ्ग स्टलहरु सञ्चालन गरेकोमा भाग्यशाली एक ग्राहकमा सुवाल लक्की ड्रमा छानिएका हुन् । सुवालले कपल (जोडी) सहित ५ दिने थाईल्याण्ड टुर प्याकेज पाएका छन् ।

 भाद्र १८ देखि असोज ३० सम्म सञ्चालित यस मोबाइल बैंकिङ्ग कारोबारमा सुवालसहित अन्य ५ जना समेत पुरस्कृत भएका छन् । ५ भाग्यशाली ग्राहक सनम राई (भद्रपुर), धु्रबकुमार शाही (दीपायल),प्रकाश बोहरा ठमेल, हिरा खनाल (बानेश्वर) र सुजन पराजुली सन्धिखर्क हरुले स्मार्ट मोबाइल फोन प्राप्त गरेका छन् ।

विजेताहरुलाई पुरस्कार वितरण गर्दै आरबीबीले युवा लक्षित कार्यक्रम अन्तरगत मोबाइल बैंकिङ्ग विग मेला कार्यक्रम जस्तै अन्य कार्यक्रमहरु समेत अबका दिनहरुमा अझ सशक्त रुपमा अघि बढाइने जनाएको छ ।
आरबीबी मोबाइल बैंकिङ्ग कार्यक्रममा देशैभरबाट करिब ७० हजार सेवाग्राहीले अवलोकन गरका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप