एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान १० बजेदेखि

काठमाण्डौ । गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्व चयनका लागि बिहीबार फेरि मतदान हुने भएको छ । बुधबार अबेर सुरु भएको मतदान भोटिङ मेसिनमा समस्या आएपछि बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको र १० बजेपछि फेरि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

बुधबार मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलो मात्रै सुरु भएको थियो । मतदान सकिएको एक घण्टाभित्र नतिजा सार्वजनिक गरिने संघले जनाएको छ । संघको नयाँ अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस