स्‍वास्थ्‍य बिमा नभए अमेरिकाको भिसा नपाइने

काठमाडाैं । अमेरिका जान चाहने आप्रवासीहरूले स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्ने भएको छ। अन्यथा स्वास्थ्य बिमा नभएका आप्रवासीहरूलाई अमेरिकाले प्रवेश अनुमति नदिने जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एस प्रवस्तावमाथि सहमति जनाएसँगै उक्त व्यवस्था लागू हुने भएको हो। यो व्यवस्था नोभेम्बर ३ बाट लागू हुनेछ।

उपचारकै खर्च उठाउन नसक्ने नागरिकलाई अमेरिकाले प्रवेशमा रोक लगाउने जनाइएको छ। अमेरिकाको नयाँ व्यवस्था अनुसार अमेरिकी स्वास्थ्य प्रणालीमा बोझ नबन्‍नेहरूले मात्र अब भिसा पाउने भएका हुन्।

आदेशमा आप्रवासीले अमेरिकी करदातालाई पनि धेरै दु:ख दिन नपाइने उल्लेख गरिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस