मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहनुभएका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. विष्णुमाया वरालको छोरा तथा निजले इच्छाएको व्यक्ति सुर्य प्रसाद वराललाई क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रमुख वावुराम ढकाल, बुढिबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाट तथा साना लघु बैकिङ्ग प्रमुख धु्रव राज घिमिरे र पोखरा –२७, का वडाध्यक्ष धन बहादुर नेपालीले फिर्ता गरेका हुन् ।

निजको आकस्मिक मृत्यु पश्चात् भुक्तान गरी सकेको साँवा र ब्याज बापतको रकम २ लाख ७३ हजार ९ सय ८३ र काजकिरिया खर्च ५ हजार समेत गरी २ लाख ७८ हजार ९ सय ८३ बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस